१ पौष, काठमाडौं । नेपाली काँग्रेसको १४ औं महाधिवेनअनतर्गतको उपसभापति उम्मेद्वार सुजाता कोईरालाले आफू पराजीत भएपछि प्रतिकृया दिएकी छन् । उनले मैंले उठाउँदै आएको लैङ्गिगलगायत सबै किसिमका अससमानताको विरुद्ध अविचलित रही लडिरहने प्रण गर्दछु भनेकी छन् ।
उनले बिजयी उपसभापति पूर्णबहादुर खड्का र धनराज गुरुगंलाई बधाई दिँदै मेरा लागि राजनीतिक जीत हो भन्ने प्रतिकृया दिएकी छन् । उपसभापतिका ७ जना उम्मेद्वारमध्ये खड्का गुरुगं बिजयी भएका छन् भने बिजय गच्छदार, महेश आचार्य, सुजाता कोईराला, डा चन्द्र भण्डारी, दिब्येवरी शाह पराजीत भएका छन् ।नेतृ कोईराला प्रकामान सिंह समूहबाट उपसभापतिमा लडेकी थिईन् ।
पुर्व उपप्रधानमन्त्रीसमेत रहेकी सुजाता कोईरालाले दिएको सामाजिक सञ्जालको प्रतिकृयाः
नेपाली काँग्रेसको १४औं महाधिवेशनमा म र मेरो टिमलाई अमूल्य मत दिने सबैमा हृदयदेखि धन्यवाद दिन्छु । तपाईंहरुले दिनुभएको अमूल्य मतको सधै सम्मान गर्नेछु । मैंले उठाउँदै आएको लैङ्गिगलगायत सबै किसिमका अससमानताको विरुद्ध अविचलित रही लडिरहने प्रण गर्दछु ।
मैंले यो महाधिवेशनबाट आफूलाई विजयी ठानेको छु । काँग्रेस पार्टी र राज्यको हरेक निकायमा महिलाको समान सहभागिताका लागि मैंले उठाएको मुद्दाले राष्ट्रिय अन्तर्राष्ट्रिय क्षेत्रसम्म स्थान पाएको छ । देशको कुनाकाप्चाबाट महाधिवेशनमा सहभागी भएका पार्टीका साथीहरु विशेषगरी महिलाहरुको मुहारमा आशा र उत्साह देखेको छु । यसले मलाई अझै हौसला थपेको छ ।
मैंले उपसभापति जस्तो महत्वपूर्ण पदमा मत माग्दै गर्दा हजारौं महिलाहरुमा जुन हौसला देखें त्यसले निकट भविष्यमा महिला काँग्रेसको नेतृत्वमा आउनसक्ने मार्ग कोरिएको छ । यो मेरा लागि राजनीतिक जीत हो । म भविष्यमा आफूले उठाएको मुद्दामा प्रतिवद्ध भई समानताको यो संघर्षमा अविचलित रही बढिरहने प्रण गर्दछु ।
गिरिजाप्रसाद कोइरालाको सहमति, सहकार्य र एकताको आदर्शबाट सधै प्रेरित छु । पार्टीभित्र र सिंगो देशमा सहमति, सहकार्य र एकताको खाँचो छ । म सबैलाई महाधिवेशनपछि एकढिक्का हुन अपिल गर्दछु । नेपाली काँग्रेस एकढिक्का भएमात्र लोकतन्त्र बलियो हुन्छ । मेरो अबको भूमिका काँग्रेसलाई एकतावद्ध बनाउन पनि हुनेछ ।
अन्तमाः उपसभापतिमा विजयी पूर्णबहादुर खड्का र धनराज गुरुङलाई हार्दिक बधाई दिदै सफल कार्यकालको कामना गर्दछु ।
धन्यवाद
सुजाता बिधाइका कोइराला





