सूचना प्रविधि

क्लासिक टेकको ग्राहाकहरूलाइ ६५ प्रतिशत सम्म निशुल्क ब्यान्डविथ अपग्रेड

१ पुस, काठमाडौं । देशकै अग्रणी तथा ठूलो नेटवर्क सेवा प्रदायक कम्पनी क्लासिक टेकले निशुल्क रूपमा आफ्नो ग्राहकहरूलाइ 650 प्रतिशत सम्म ब्यान्डविथ अपग्रेड गरेको छ । क्लासिक टेकले आफ्नो ग्राहकहरूलाइ निशुल्क ज्ञछण् 150 Mbps देखी 300 Mbpsसम्म अपग्रेड गरेको विज्ञप्ति माफर्त जानकारी गराएको छ । प्याकेज अपग्रेड पशचात पुरानै शुल्कमा आम प्रयोगकर्ताहरूले हाइ स्पिड इन्टरनेटको अनुभब लिने बताईएको छ । हाई स्पिड इन्टटरनेट प्रयोग गर्न ग्राहकबर्गहरूलाइ 5ghz Dual Band राउटर आवश्यक पर्ने हुनाले उक्त डिभाइस क्लासिकटेकबाट प्राप्त गर्न सक्ने जनाईएको छ ।

साथै नविनतम प्रविधका साथ ग्राहकहरूलाइ छिटो तथा छरितो सेवा प्रदान गर्न क्लासिकटेक सदैव तत्पर रहेको छ समेत जनाएको छ । क्लासिक टेकले नेपालमै पहिलो पल्ट नेक्स्ट जेनेरेशनको प्रविधी वाइफाइ  ६ र Triband  राउटरको साथमा टाकियन (TACHYON) 1 Gbps  इन्टरनेट सेवा भित्राउने घोषणा समेत गरेको छ । वाइफाइ ६ का साथमा टाकियन(TACHYON) 1 Gbps  इन्टरनेट प्रविधी भित्राउन अन्तिम परीक्षण भइरहेको बताएको छ । वाइफाइ ६ अन्तर्गत mart Connectivity, Beamforming, MU-MIMO  लगायतका सुविधाहरू रहने जनाइ सकेको छ । दुर्गम देखि सुगम सम्म ७४ जिल्लाका १०३ स्थानमा क्लासकिटेकले आफ्नो सेवा संचालन गरिरहेको जानकारी गराएको छ ।