साहित्य

‘साहित्यमा दृष्टिकोण’ विषयक परिचर्चा

४ मंसिर, काठमाडौं । नेपाल प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव प्रा जगत्प्रसाद उपाध्यायले आजको साहित्यिक लेखनीले अध्यात्मवादका राम्रा कुरालाई ग्रहण गर्दै समाज बदल्ने वैज्ञानिक विश्व दृष्टिकोणलाई आत्मसात् गर्नुपर्ने बताएका छन् ।
साहित्य सन्ध्याको मासिक ४२३औँ शृङ्खलामा शनिबार समालोचकीय मन्तव्य दिँदै उनले चेतनालाई प्रधान्यता दिँदै सामाजिक रुपान्तरणका लागि रचना गर्नु स्रष्टाको धर्म भएको बताए ।
सन्ध्याका अध्यक्ष राम विनयको अध्यक्षतामा सम्पन्न सो भर्चुअल कार्यक्रममा विधान आचार्य, डा भीम खतिवडा, स्नेह सायमी, तारा गाउँले, बेनीबहाुर थापा, डम्बर पहाडी, गोपालकुमार मैनाली, महेशराज खरेल, डिल्लीराज अर्याल, खेमराज निरौला, रामदेव पाण्डेय, खगेन्द्र दाहाल, दिव्यलक्ष्मी पोखरेल, विन्दु अधिकारी, गोपाल नेपाल, उर्मिला पन्त पाण्डेय, तारक धिताल, गीता सापकोटा, दुर्गा नेपाली मोरङ, गोमा कटुवाल सङ्खुवासभा, गणेश मार्मिक घिमिरे, यशोदाकुमारी दाहाल इलामले आफ्ना कविता, गीत, हाइकु र एलाक वाचन गरेका थिए ।
वाचित सिर्जनामाथि डा रमेश शुभेचछुले टिप्पणी गर्दै सामाजिक, आर्थिक, सांस्कृतिक भाइरसबाट आक्रान्त हुनुपरेकामा वाचित कवितामा आक्रोश व्यक्त भएको जनाए ।