राजनीति

खुल्ला ३५ जनाको मतपरिणामः डा शसाँक एक नम्बर, कृष्णकिसोर अन्तिममा (सबैको मतसहित)

४ मंसिर, काठमाडौं । नेपाली काँग्रेसको खुल्लातर्फको ३५ जनाको मतगणना सकिएको छ । सबैभन्दा बढी मत ल्याएर निबर्तमान महामन्त्री डा शसाँक कोईराला बिजयी भएका छन् । खुल्ला ३५ जनामा ९ जना डा शेखर कोईराला पक्षकाले जितेका छन् भने बाँकी देउवा समूहबाट परेका छन् ।
एनपी साउद, बालकृष्ण खाँण, डा रामशरण महत, अर्जुन नरसिंह केसी, ज्ञानेन्द्र बहादुर कार्की, दिलेन्द्र प्रसाद बडुलगायत शक्तीसाली नेताहरुले केन्द्रीय सदस्य जितेका छन् भने अजयबाबु सिवाकोटी, दिनेश कोईराला, कुन्दन काफ्ले, गणेश लामालगायत नयाँ अनुहारले पनि केन्द्रीय सदस्य जितेका छन् । राप्रपाबाट सहमहामन्त्रीमा आएर खुल्ला केन्द्रीय सदस्यमा निर्बाचन लडेका सुनील थापाले पनि केन्द्रीय सदस्य जितेका छन् ।
नेपाली काँग्रेसको खुला केन्द्रीय सदस्यतर्फको मतगणना सम्पन्न भएको छ । पार्टी कार्यालय सानेपामा जारी मतगणनामा आइतबार साँझसम्म मतगणना सम्पन्न भएको निर्वाचन समितिले जनाएको छ । समितिका अनुसार सबैभन्दा धेरै मत डा शशांक कोइरालाले ल्याएका छन् भने त्यसपछि एनपी साउद र बालकृष्ण खाँणले लोकप्रिय मत पाएका छन् । अहिलेसम्म शशांक, एनपी साउद , बालकृष्ण खाँण, उदयशम्शेर राणा लगायत ३५ जनाले खुल्लामा बिजय हाँशिल गरेका छन् ।

यस्तै रमेश लेखक, ज्ञानेन्द्रबहादुर कार्की, शंकर भण्डारी, रामहरि खतिवडा, अर्जुन नरसिंह केसीले, जिपछिरिङ लामा, गोपालमान श्रेष्ठ, जितजंग बस्नेत, नैनसिंह महर बिजय भएका छन् ।

यस्तै अजयवाबु सिवाकोटी, कुन्दनराज काफ्ले, कृष्ण किशोर घिमिर, केदार कार्की, गणेश लामा, गुरु बराल, गोपाल दहित, गोबिन्द भट्टराई, डा गोबिन्दराज पोख्रेल, दिनेश कोईराला, दिपक गिरी, दिलेन्द्र प्रसाद बडु, पद्म नारायण चौधरिले बिजयी भएका छन् ।

बल बहादुर केसी, मंलग प्रसाद थारु, मदनबाहादुर आमात्य, गणेश लामा, ई–मोहनराज आचार्य, मोहन बहादुर बस्नेत, डा.रामशरण महातले, बिरेन्द्र कुमार कनौडीया, संजय कुमार गौतम, सुनिल बहादुर थापा, सुरेन्द्र राज पाण्डे बिजयी हाँशिल गरेका छन् ।

काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि गत आइतबार भएको निर्वाचनको मतगणना सम्पन्न भएको छ । खुला केन्द्रीय सदस्यतर्फ ९९ जना प्रतिस्पर्धामा रहेका छन् भने त्यसमध्ये ३५ जना निर्वाचित हुन्छन् । गत आइतबार सम्पन्न निर्वाचन अन्तर्गत शनिबारदेखि खुला केन्द्रीय सदस्यको मतगणना सुरु भएको थियो । मतगणनाबाट ९९ उम्मेदवारमध्ये ३५ जना विजयी भएका छन् ।

नाम तलमाथी भएको भए कागजमा स्पष्ट गरिएको छः