१३ मंसिर, काठमाडौं । राप्रपाका बरिष्ठ नेता एबम् पुर्व उपप्रधानमन्त्री कमल थापाले राष्ट्र निर्माता पृथ्वीनारायण शाहको जन्मजयन्तीका अवशरमा पौष २७ गते सार्बजनिक बिदा दिन सरकारसंग माग गरेका छन् ।
राप्रपाका निबर्तमान अध्यक्षसमेत रहेका कमल थापाले ट्वीट गर्दै भनेका छन्, ‘राष्ट्रनिर्माताको सम्मान गर्नु राज्यको कर्तव्य हो। राष्ट्रनिर्माताको सम्मानमा पौष २७ गते राष्ट्रिय पर्वको रुपमा मनाउन, सार्वजनिक बिदा दिन आग्रह गर्दछु ।’
उनले भनेका छन्, ‘राष्ट्रनिर्माता श्री ५ पृथ्वीनारायण शाहले नेपाली नाम र पहिचान दिनुभयो। उहाँको योगदान कुनै संस्थारप्रणालीसँग सम्बन्धित छैन।’
कमल थापाको स्टाटस् जस्ताको तस्तैः राष्ट्रनिर्माता श्री ५ पृथ्वीनारायण शाहले नेपाली नाम र पहिचान दिनुभयो। उहाँको योगदान कुनै संस्थारप्रणालीसँग सम्बन्धित छैन। राष्ट्रनिर्माताको सम्मान गर्नु राज्यको कर्तव्य हो। राष्ट्रनिर्माताको सम्मानमा पौष २७गते राष्ट्रिय पर्वको रुपमा मनाउन, सार्वजनिक बिदा दिन आग्रह गर्दछु ।






