राजनीति

विपीको मेलमिलापको नीतिकै कारण अहिले परिवर्तन सम्भव भएको होः प्रधानमन्त्री

१६ मंसिर, पौष । नेपाली काँग्रेसका सभापति एबम् प्रधानमन्त्री शेरबहादुर देउवाले ०३३ पुस १६ गते आजकै दिन वीपी कोइराला, गणेशमान सिंह लगायतका हाम्रा श्रदय नेताहरुले ​राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई निर्वासित जीवन त्याग गरी स्वदेश फर्किनु भएको बताएका छन् ।
प्रधानमन्त्री देउवाले सामाजिकब सञ्जाल फेसबुकमा स्टाटस् लेख्दै उहाँहरुको राष्ट्रिय एकता तथा मेलमिलापको नीतिकै जगमा ​लोकतन्त्र बहाली हुदै अहिलेको राजनीतिक परिवर्तनन सम्भव भएको दाबी गरेका छन् ।
उनले आजको दिन हाम्रा नेताहरुको त्याग, संघर्ष र योगदानको उच्च सम्मान प्रकट गर्दछु भनेका छन् ।
देउवाको ट्वीटः २०३३ पुस १६ गते आजकै दिन वीपी कोइराला, गणेशमान सिंह लगायतका हाम्रा श्रदय नेताहरुले ​राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई निर्वासित जीवन त्याग गरी स्वदेश फर्किनु भएको थियो । उहाँहरुको राष्ट्रिय एकता तथा मेलमिलापको नीतिकै जगमा ​लोकतन्त्र बहाली हुदै अहिलेको राजनीतिक परिवर्तनन सम्भव भएको हो। आजको दिन हाम्रा नेताहरुको त्याग, संघर्ष र योगदानको उच्च सम्मान प्रकट गर्दछु ।
जय नेपाल ।