राजनीति

गुरुराज घिमिरे भन्छन्ः रामचन्द्र दाईले सभापतिले दिएको केन्द्रीय सदस्य अस्वीकृति गर्नुपर्छ

१८ पौष, काठमाडौं । नेपाली काँग्रेसका युवा नेता गुरुराज घिमिरेले नेपाली काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेललाई सभापति देउवाले गरेको केन्द्रीय सदस्यको मनोनयन फिर्ता लिन आह्वान गरेका छन् । उनले सामाजिक सञ्जाल ट्वीटरमा लेख्दै भनेका छन्, ‘हाम्राश्रद्देय नेता रामचन्द्र पौडेलले नेपाली काँग्रेसको चौधौं महाधिवेशनको नेतृत्व छनौट प्रक्रियाबाटअलग रहने निर्णय गर्नुभो। आज केन्द्रीय सदस्यको मनोनयनमा पर्नुभो। प्रक्रियाबाटै अलग्गिएको व्यक्ति मनोनीत कसरी हुनुभो ? राजनीतिमा नैतिकताको प्रश्न उठाउने उहाँ नैं हैन ? अनि साझा सभापति हुन्छु भन्ने नेताको चयन यही हो ?’
नेपाली काँग्रेसको १४३ औं महाधिवेशनमा प्रदेश नम्बर १ को सभापतिमा थोरैैमात्र मतले पराजीत भएका नेता घिमिरेले फेसबुकमा भनेका छन्, ‘नेपाली कांग्रेसको बिधान बमोजिम सभापति शेरबहादुर देउवाले केही नेताहरुलाई केन्द्रीय सदस्यमा मनोनयन गर्नु भएको छ।मनोनयनमा पर्नहुने सबै नेताहरुलाई धेरै धेरै बधाई छ!!’
नेविसंघका पुर्वअध्यक्षसमेत रहेका नेता घिमिरेले थपेका छन्, ‘तर यस मनोनयनले सभापतिज्यूको साझा सभापति बन्ने घोषणालाई भने खण्डन गरेको छ।यसैगरी चौधौं महाधिवेशनको प्रक्रियाबाट अलग्गिनु भएका आदरणीय नेता रामचन्द्र पौडेलले यो मनोनयनलाई कसरी स्विकार्नु होला भन्ने गम्भीर प्रश्न उठेको छ।’ उनले प्रश्न गरेका छन्, ‘महाधिवेशनको प्रकृयाबाट अलग बसेको व्यक्ति मनोनीत हुन कसरी मिल्छ? फेरि राजनीतिक इमान र नैतिकताको प्रश्न उठाउने व्यक्तिले सामेल नैं नभएको महाधिवेशनबाट चुनिएको सभापतिको मनोनयनलाई स्विकार्न कसरी मिल्छ? नेता घिमिरेले बरिष्ठ नेता पौडेलसँग आग्रह गर्दै भनेका छन्, ‘हामी सबै उहाँबाट मनोनयनको अस्विकृतिको घोषणाको प्रतिक्षामा छौं।’