राजनीति

गुरुराज घिमिरेको प्रश्नः राष्ट्यिसभाको प्रतिनिधित्व मधेशबाट ख्वैे ?

२० पौष, काठमाडौं । नेपाली काँग्रेसका युवा नेता गुरुराज घिमिरेले मधेशबाट राष्ट्रिय सभामा प्रतिनिधित्व नभएको भन्दै आपत्ती जनाएका छन् । उनले ट्वीट गर्दै उहाँले त्यही मधेसलाई बिर्सनु भएको छ। अब स्थानीय चुनावको सामना कसरी गर्ने ? भन्दै काँग्रेस सभापति शेरबहादुर देउवातर्फ संकेत गर्दै कडा प्रश्न तेस्र्याएका छन् ।
प्रदेश नम्बर १ को सभापतिमा मात्र दुईमतले काँग्रेसको आन्तरिक निर्बाचनमा पराजीत भएका नेता घिमिरेले भनेका छन्, ‘राष्ट्रियसभामा उम्मेदवार हुने सबै नेताहरु सुयोग्य हुनुहुन्छ। पार्टीले राम्रा र आदरणीय नेताहरुलाई उम्मेदवार बनाएको छ।’

उनको ट्वीटः ‘राष्ट्रियसभामा उम्मेदवार हुने सबै नेताहरु सुयोग्य हुनुहुन्छ। पार्टीले राम्रा र आदरणीय नेताहरुलाई उम्मेदवार बनाएको छ।’
तर ‘एउटा गम्भीरप्रश्न उठेको छ। जुन मधेसले शेरबहादुर देउवालाई सर्वाधिक भोटदिएर सभापति बनाएको छ, उहाँले त्यही मधेसलाई बिर्सनु भएको छ। अब स्थानीय चुनावको सामना कसरी गर्ने ?’