राजनीति

संविधानको मर्म र भावनाअनुसार स्थानीय तहको निर्बाचन समयमै सम्पन्न हुनुपर्छः नेता सिंह

८ माघ, काठमाडौं । डा मिता सिंहद्धारा अङ्ग्रेजी भाषामा लिखित ‘द स्टगल अफ गणेशमान सिंह’ नामक पुस्तक विमोचन गरिएको छ । गणेशमान सिंह फाउण्डेशनले प्रकाशन गरेको उक्त पुस्तकको काँग्रेस नेता एवम् पूर्व उपप्रधानमन्त्री प्रकाशमान सिंहले आज विमोचन गरे।
कार्यक्रममा नेपाल्ी काँग्रेसका पुर्व महामन्त्री एबम् नेता सिंहले मुलुकमा प्रजातान्त्रिक मूल्य, मान्यता स्थापना गर्न र समाज रुपान्तरणका लागि स्व गणेशन सिंहको महत्वपूर्ण भूमिका रहेको बताए । “नेपालको लोकतान्त्रिक आन्दोलनमा गणेशमान सिंहले गर्नुभएको योगदानलाई विदेशमा समेत चिनाउन अङ्ग्रेजी भाषामा लेखिएको कृतिले सहयोग पुग्नेछ, लेखक धन्यवादको पात्र हुनुहुन्छ,”– उनले भने ।
फाउण्डेशनका कार्यकारी अध्यक्षसमेत रहेका नेता सिंहले गणेशमान सिंहले मुलुकमा प्रजातन्त्र ल्याउन गर्नुभएको सङ्घर्ष र गणेशमान सिंहलाई नयाँ पुस्तालाई चिनाउनका लागि फाउण्डेशनले विभिन्न किसिमका रचनात्मक कार्यहरु गर्दै आइरहेको बताए ।
फरक प्रसङ्गमा बोल्दै नेता सिंहले संविधानको मर्म र भावनाअनुसार सबै चल्नुपर्ने, स्थानीय तहअको निर्बाचन हसम्पन्न हुनुपर्ने बताए । स्थानीय र सङ्घीय तहको निर्वाचनलाई लिएर विभिन्न दलका नेताहरुको विभिन्न भनाईहरु बाहिर आएका भन्दै उनले संविधानअनुसार सबै चल्नुपर्ने स्पष्ट पारे । कम्युनिष्ट सरकारले काम गर्न नसकेपछि विशेष परिस्थितीमा गठबन्धन सरकार बनेको भन्दै यो सरकारबाट जनतालाई धेरै अपेक्षा गर्न नहुने उनको भनाई थियो ।
लेखक कनकमणि दिक्षितले दुई अधिनायकवाद (राणा र शाही शासन) विरुद्ध लड्नुभएका गणेशमान सिंहको बारेमा नयाँ पुस्तालाई चिनाउन पुस्तकले सहयोग पुग्ने विश्वास व्यक्त गरे । राजनेतामा हुनुपर्ने गुण गणेशमान सिंहसँग भएको उनको भनाई थियो । दिक्षितले लोकतन्त्र अहिलेपनि खतरामा पर्दै गएको बताए ।
प्राध्यापक कपिल श्रेष्ठले सङ्घर्षशील, निश्वार्थी, बलिदानी र त्यागी नेता गणेशमान सिंह भएको बताए । नेपाली जनता र लोकतन्त्रका लागि कसैसँग सम्झौता नगर्ने नेता स्व सिंह भएको उनको भनाई थियो ।
लेखक डा सिंहले युवा पुस्तालाई गणेशमान सिंहले प्रजातन्त्र ल्याउनका लागि दुईपटक (विस २००७ र २०४६) गरेको सङ्घर्षलाई बुझाउनका निम्ति उक्त पुस्तक तयार पारेको बताए । राजनीतिमा नैतिकता भयोभने प्रजातन्त्र स्थापना हुन्छ भन्ने मान्यता गणेशमान सिंहमा भएको उनको भनाई थियो ।