राजनीति

अध्यक्ष मिश्र भन्छन्ः मलाई गाली गर्दैमा तथाकथित ‘अग्रगमन’ स्थापित हुँदैन

११ माघ, काठमाडौं । विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले देशको स्वाभिमान, संस्था र शासनलाई भ्रष्ट र कमजोर बनाउने कुनै पनि प्रणाली र पात्र मेरालागि ‘पश्चगामी’ हुन् भनेका छन् । उनले देश पश्चगामी यात्रामा भएको बताउँदै त्यसलाई रोक्ने एकमात्र उपाय देशको स्वाभिमान, संस्था र शासनमा व्यापक सुधार लेराउनु रहेको जिकिर गरेका छन् ।
अध्यक्ष मिश्रले आफूले देशका लागि सोच्दा सोच्दै पनि आफूलाई गाली गर्नु राम्रो नभएको संकेत गर्दै भनेका छन्, ‘अन्यथा, मलाई गाली गर्दैमा तथाकथित ‘अग्रगमन’ स्थापित हुँदैन’

उनको ट्वीटः देशको स्वाभिमान, संस्था र शासनलाई भ्रष्ट र कमजोर बनाउने कुनै पनि प्रणाली र पात्र मेरालागि ‘पश्चगामी’ हुन्। देश पश्चगामी यात्रामा छ। त्यसलाई रोक्ने एकमात्र उपाय देशको स्वाभिमान, संस्था र शासनमा व्यापक सुधार लेराउनु हो। अन्यथा, मलाई गाली गर्दैमा तथाकथित ‘अग्रगमन’ स्थापित हुँदैन।