राजनीति

पहिचान विना राष्ट्र जिवन्त रहन सक्दैन, सनातन धर्म रक्षा गर्नु हरेकको कर्तब्य होः कमल थापा

१२ माघ, काठमाडौं । राप्रपाका निबर्तमान अध्यक्ष कमल थापाले सनातन धर्म नेपाली पहिचानको जग भएको र सनातन धर्मको रक्षा हाम्रो कर्तव्य भएको बताएका छन् । उनले ट्वीट गर्दै संसारमा हामी नेपाली भनेर चिनिन्छौं । यो पहिचान के हो ? भन्ने कडा प्रश्न गर्दै उक्त कुरा बताएका हुन् ।
पुर्व उपप्रधानमन्त्रीसमेत रहेका नेता थापाले भनेका छन्, ‘पहिचान विना व्यक्ति, समाज र राष्ट्र जिवन्त रहन सक्दैन। पहिचान एक दिनमा बन्ने होइन। हजारौं बर्षको रितिथिती, परम्परा र आस्थाको आधारमा नेपालीको मौलिक पहिचान बनेको छ।’

उनको ट्वीटः संसारमा हामी नेपाली भनेर चिनिन्छौं । यो पहिचान के हो ? पहिचान विना व्यक्ति, समाज र राष्ट्र जिवन्त रहन सक्दैन। पहिचान एक दिनमा बन्ने होइन। हजारौं बर्षको रितिथिती, परम्परा र आस्थाको आधारमा नेपालीको मौलिक पहिचान बनेको छ। सनातन धर्म नेपाली पहिचानको जग हो। सनातन धर्मको रक्षा हाम्रो कर्तव्य हो

उनले थपेका छन्: जसरी पश्चीमा मुलुकहरु आफ्नो समाज र राष्ट्र ‘ईसाई मुल्य र मान्यता’ मा आधारित छ भन्नमा गौरव गर्छन, त्यसैगरी हामीले नेपाली समाज सनातन धर्ममा आधारित छ भन्नमा हिनतावोध गर्नु हुँदैन । गर्वले भनौँ हामी नेपाली हौँ, गर्व गरौँ सनातन धर्म हाम्रो पहिचानको आधार हो ।