राजनीति

स्थानीय तहकामे निर्बाचन जेठ ५ गते अघि गर्न प्रधानमन्त्रीलगायत पाँच दल सहमत !

१५ माघ, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तहको निर्बाचन संबिधान बमोजिम समयमै गर्न सरकार तयार रहेको बताएका छन् ।
नेपाली काँग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले आजको सरकार घटक पाँच दलीय बैठकमा बोल्दै अब स्थानीय तहको निर्बाचनका लागि संबिधान संसोधन गर्नुपर्ने अवस्था आउन नदिन निर्बाचन समयमा नै गर्नुपर्ने बिचार ब्यक्त गरेको बताईएको छ ।
जेठ ५ गते स्थानीय तहको निर्बाचनको मिति सकिएको अवस्थामा प्रधानमनत्री देउवाले त्यो समय भन्दा अगाडी निर्बाचन गर्नुपर्ने बताएका छन्। उनले यसभन्दा अगाडी निर्बाचन सार्न गरिएको पाँच दलीय गठबन्धनको सहमति भन्दा छुट्टै प्रस्ताव गरेका छन् ।
प्रधानमन्त्री देउवाको कुला लगत्तै नेकपा एकीकृत समाजबादीका अध्यक्ष माधव कुमार नेपालले निर्बाचन समयमा गर्न आफूहरु तयार रहेको तर पाँच दलीय गठबन्धन फुटाउने नेकपा एमाले अधयक्ष केपी शर्मा ओलीको प्रयास सफल हुन नदिने बताएका छन् ।
निर्बाचन समयमा गर्ने बिषयमा नेकपा माओबादीका अध्यक्ष पुष्पकमल दहाल, संघीय समाजबादलीका अधयक्ष उपेन्द्र यादबलगायत सबै गठबन्धनका नेताहरु सहमत भएको बताईएको छ ।
निर्बाचनको मिति नतोकिएपनि प्रधानमन्त्री देउवाले स्थानीय तहको निर्बाचन समयमा र्ने गर्नुपर्ने बिचार राख्नु अब मुलुक स्थानीय तहको निर्बाचनउन्मुख भएको छ भने प्रदेश र प्रतिनिधि सभा निर्बाचनको निर्बाचन भने गम्भीर छलफलको बिषय नबनेको बताईएको छ । स्थानीय तहको निर्बाचनका बिषयमा आज बेलुकी नै कानून ब्यावशायीहरुसँग गठबन्धनका नेताहरुले छलफल गर्नेछन् ।