राजनीति

बालुवाटारमा तीन शक्तीसाली नेताको भेट, ओली र देउवा पनि नजिकिए

१९ माघ, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओबादी केन्द्रीका अध्यक्ष पुष्पकमल दहाल र नेकपा एकीकृत समाजबादीका अध्यक्ष माधव कुमार नेपालबीच भेटवार्ता भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा पछिल्लो समयमा प्रधानमन्त्रीले पास गराउन लागेको एमसीसीको बिषयमा महत्वपूर्ण छलफल भएको बुझिएको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवा कुनैपनि हालतमा एमसीसी पास गराउने पक्षमा रहेका छन् भने माओबी अध्यक्ष दहाल र समाजबादीका अध्यक्ष नेपाल एमसीसी परिमार्जनसहित पास गराउनुपर्छ भन्ने मान्यतामा अडिक छन् ।
अमेरिकाले प्रधानमन्त्री देउवालाई एमसीसी पास गराउन दबाब दिईरहेको बताईरहेका बेला शेरबहादुर देउवाले नेकपा एमालेसँग मिलेरसमेत जसरी पनि एमसीसी पास गराउने रणनीति लिएको समाचार आईरहेका छन् ।
नेपाली कँँग्रेससहित पाँच दलीय गठबन्धन मिलेर बनेको सरकारको नेतृत्वले एमालेसँग सहकार्य गरेर एमसीसी पास गराएमा बर्तमान गठबन्धन टुट्ने समभवनमा बलियो रहेको राजीतिक बिश्लेशकहरुको रहेको छ ।
एमाले जसरी पनि गठबन्धन टुटाउन लागिपरेका बेला बर्तमान समय आफू अनूकुल हुने भनदै काँग्रेस सभापति शेरबहादुर देउवासँग नजिक रहेको छ । काँग्रेस जसरी पनि एमसीसी पास गराउनुपर्नेमा रहेको छ । एमालेलाई माधव कुमार नेपाल र पुष्पकमल दहालसंग छुटाउने उपर्युक्त समय यही भएको भन्दैएमालेल अध्यक्ष केपी शर्मा ओली देउवासँग थप नजिकिएका छन् ।
आजको भेटमा र्सूचना तथा सञ्चार मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीपनि सँगै रहेका बताईएको छ भने स्थानीय तहको निर्बाचन जेठमा गर्ने भनि गरिएको अनौपचारिक सहमती अब एमसीसीतिर मोडिएपछि अन्यौलग्रस्त देखिएके छ । एमसीसी पास भए वा नभए निर्बाचनको माहौल परिवर्तन हुनसक्ने अनुमान लागाईएको छ ।