राजनीति

सत्तारुढ गठबन्धन टुट्न नदिने गठबन्धनका नेताहरुको प्रतिबद्धता

१९ माघ, काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा ९माओवादी केन्द्र०का अध्यक्ष पुष्पकमल दाहाल र नेकपा ९एकीकृत समाजवादी०का अध्यक्ष माधवकुमार नेपालबीच स्थानीय तह निर्वाचन, एमसिसी र सत्ता गठबन्धनका विषयमा छलफल भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा उहाहरूबीच आज साँझ भएको स्थानीय तह निर्वाचन, एमसिसी र सत्ता गठबन्धनलगायत विषयमा छलफल भएको अध्यक्ष दाहालको सचिवालयले जनाएको छ । 

सो छलफलमा प्रधानमन्त्री देउवाले संविधानको रक्षा र प्रतिगमनविरुद्ध बनेको सत्तारुढ गठबन्धन कुनै पनि हालतमा टुट्न नदिने प्रतिबद्धता व्यक्त गरेको बताइएको छ ।