साहित्य

खोई कहाँ भयो बढूवा ?

-सनत कुमार थापा -कविता


राजाका शासन कालमा हुकुम प्रमांगी बढूवा !
बासअठ्ठी त्रिसठ्ठी पछाडी सुरू भो बिशेष बढूवा !!

बहत्तर पछाडी कर्मचारी समायोजन बढूवा !
यी कसै संग पनि प्रंतिस्पर्धा गर्नु नपर्ने बढूवा !!

दरवन्दी कुनै रिक्त नभए पनि हुन पाईने बढूवा!
हुकुम प्रमाङ्गी बाट हुन्थ्यो बिशेष क्षमताको बढूवा !!

विशिष्ट श्रेणीको पदमा चार दिनको लागी भयो बढूवा !
त्यो पनि नयाँ दरवन्दी थप गरि सरकारले गर्यो बढूवा !!

हेर के नै गरिमा रहन गयो त कर्मचारीको यस्ता खाले बढूवा !
यस्तो बढूवा पनि बढूवा देश र जनताको खोई कहाँ भयो बढूवा !!