राजनीति

देउवा, ओली र प्रचण्डबीच बालुवाटारमा भेट, एमसीसी पास होला त ?

२३ माघ, काठमाडौं । प्रधानमन्त्रीबाट बाहिरिएको सात महिनापछि नेकपा ९एमाले०का अध्यक्ष केपी शर्मा ओली औपचारिक बैठकका लागि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका हुन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाले समसामयिक राजनीतिक विषयमा छलफलका लागि आमन्त्रण गरेपछि पूर्वप्रधानमन्त्री ओली आज अपराह्न बालुवाटार पुगेका हुन्  । 

स्थानीय तहको निर्बाचन, एमसीसी पास लगायतका बिषयमा तीन नेताबीच गम्भीर छलफल हुने बताईएको छ ।
गत असार २९ गते नेपाली कांग्रेसका सभापति देउवा प्रधानमन्त्री बनेका थिए । सोही दिन नै ओलीले बालुवाटार छाडेका थिए । प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री देउवा, प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष ओली र नेकपा९माओवादी केन्द्र०का अध्यक्ष पुष्पकमल दाहाल बीच छलफल सुरु भएको छ । सो छलफलका लागि ओली बालुवाटार पुगेका हुन् ।

उनीहरुबीच अमेरिकी सहयोग परियोजना ९एमसिसि०, स्थानीय निर्वाचन र अन्य समसामयिक राजनीतिक विषयमा छलफल हुने कार्यक्रम रहेको बालुवाटारले जनाएको छ । यसअघि गत पुस २४ गते प्रधानमन्त्री देउवा ओली निवास बालकोट पुगेका थिए । उनीहरुबीच समसामयिक राजनीतिक विषयमा छलफल भएको थियो । 

प्रधानमन्त्री देउवा बालकोट पुगेको करिब एक महिनापछि एमाले अध्यक्ष ओली बालुवाटारमा छलफल गर्न तयार भएका हुन् । एमालेको अवरोधका कारण सङ्घीय संसद्को बैठक लामो समयदेखि नियमित कार्यसूचीमा नै प्रवेश गर्न पाएको छैन ।