साहित्य

साहित्यकार ढकालको स्मृति दिवस

२ फागुन, काठमाडौँ । साहित्यकार घनश्याम ढकालको स्मृति दिवसका अवसरमा उहाँको व्यक्तित्व र कृतित्वबारे परिचर्चा गरिएको छ ।

घनश्याम ढकाल सांस्कृतिक प्रतिष्ठानले भर्चुअलरुपमा आइतबार आयोजना गरेको कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी)का महासचिव मोहन वैद्य ‘किरण’, सौन्दर्य चिन्तक निनु चापागाईं, सावित्री दुरा र डा धनप्रसाद सुवेदी, प्रतिष्ठानका सदस्य–सचिव विष्णु भण्डारीलगायतले ढकाल सिद्धान्तनिष्ठ क्रान्तियोद्धा र सर्जक भएको बताए ।

माक्र्सवादी सौन्दर्य चिन्तक वैद्यले ढकाल मालेमावाद, क्रान्ति र पार्टीप्रति प्रतिबद्ध र इमान्दार व्यक्ति भएकोे स्मरण गर्दै हाल राजनीतिक क्षेत्रमा देखिएको विचलनलाई चिर्न साहित्यले योगदान गर्नुपर्नेमा जोड दिए। प्रगतिशील लेखक सङ्घका तत्कालीन अध्यक्ष ढकालको २०६८ साल फागुन १ गते जनयुद्ध दिवस कार्यक्रममा सहभागी हुन जाँदै गर्दा भृकुटीमण्डमा सडक दुर्घटनामा परी निधन भएको थियो ।