समाचार

मानव बेचबिखन तथा ओसार पसार उद्योग कसूरमा संलग्न ब्यक्ति पक्राउ


२० फागुन, काठमाण्डौ । सोझासाझा नेपाली जनताहरुलाई तपाइँहरुको आर्थिक अबस्था कमजोर छ, मानव शरीरमा दुईवटा मृगौलाहरु हुन्छन् । एउटा मृगौला झिक्दा खासै फरक पर्दैन बरू रु।८,००,०००।–(अक्षरेपी आठ लाख) बराबरको मोटो रकम पनि हात पर्छ भनी ललाई,फकाई, आर्थिक प्रलोभन देखाई केही व्यक्तिहरुलाई मृगौला झिक्नको लागि भारत लैजाने प्रयोजनार्थ माछापोखरी इलाकामा ल्याई राखिएको भन्ने पीडितको गोप्य सूचना प्राप्‍त हुन आएकोले ।
महानगरीय प्रहरी बृत्त बालाजुबाट खटिएको प्रहरी टोलीले क. जि.का.म.न.पा (१६ माछापोखरी स्थित रहेको होटल न्यू दक्षिणकालीबाट किड्नी निकाल्ने उद्देश्यले काठमाण्डौबाट भारतसम्म लगी मानव बेचबिखन गर्नको लागि भारत लैजान तयार पारिएका दुईजना पीडितहरुलाई उद्धार गरेको छ ।
मानव बेचबिखन तथा ओसार पसार उद्योग कसूरमा संलग्न जिल्ला मकवानपुर हेटौडा उ.प.न.पा (१९ घर भई हाल का.जि.का.म.न.पा (४ स्थित डेरा गरी बस्ने बर्ष ३९ को मोति लामालाई मिति २०७८।११।१६ गते २०:३० बजेको समयमा पक्राउ गरेको छ । घटनाको सम्बन्धमा निज मोति लामा उपर मिति २०७८।११।१८ गते मानब बेच बिखन तथा ओसार पसार उद्योग कसूर मुद्धामा सम्मानीत काठमाण्डौ जिल्ला अदालतबाट दिन (७ को म्याद अनुमति लिई महानगरीय प्रहरी बृत्त बालाजुबाट थप अनुसन्धान कार्य भई रहेको छ।