२६ फागुन, काठमाडौँ । क्लास्सिक टेक को सिस्टर कम्पनी कारो फिल्म प्रा लि। का Managing Director निशा खरेल र लेखक नयन राज पाण्डे बीच चर्चित नोवल लू को Copyright हस्तान्तरण समारोह सम्पन्न भएको छ ।
चलचित्र लू को पटकथा (screenplay ) पनि लेखक नयन राज पाण्डे ले नै लेख्ने भएका छन् । यो भए संगै कारो फिल्म ले नेपालमा उच्च गुणस्तर एवं रमणीय र र big budget चलचित्र हरु आगामी दिन हरुमा निर्माण गर्ने उद्देस्य ले आफ्नो स्थापना भएको बताएको छ । यस कम्पनी ले नया अत्याधुनिक प्रबिधि को फिल्मी सामग्री हरु नेपालमा भित्र्याउने प्रक्रिया अन्तिम चरणमा रहेको बताएको छ ।यसले नेपाली फिल्म जगतलाई अझै गुणस्तर बढाउने र रोजगारी पनि सृझाना गर्ने छ ।
क्लास्सिक टेक को मुख्य कार्यालयमा सो समारोह सम्पन्न भएको थियो। यस संगै आगामी दिन मा कारो फिल्म ले अरु पनि Web Series, reality show हरु निर्माण गर्ने बताएको छ ।
साथै आउने दिन मा नेपाल को फिल्मी क्षेत्र मा उत्कृस्ट प्रबिधि भित्र्याउने र Biggest budget चलचित्र हरु बनाएर नेपाली चलचित्र क्षेत्रलाई नयाँ उचाइ मा लाने CARO Films को उदेश्य रहेको Managing Director निशा खरेल को भनाइ छ ।





