सूचना प्रविधि

टेलिफोन र इन्टरनेटको शक्तीसाली टावर उद्घाटन सुनसरी क्षेत्र नम्बर ४ बाटै गर्छुः सञ्चारमन्त्री कार्की

१९ चैत, चतरा। नेपाली काँग्रेसका बरिष्ठ केन्द्रीय सदस्य एबम् सूचना तथा सञ्चारमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले सबै एकताबद्ध भएर मुलुकलाई १० बर्षभित्रमा समृद्ध बनाउनुपर्ने बताएका छन् ।
सरकारका प्रवक्तासमेत रहेका नेता कार्कीले नेपाली काँग्रेसको अन्तर्राष्ट्रिय निकायमा काँग्रेसको सखा बढेको भन्दै पुर्वाधारको बिकास नगरी देश बिकास हुन नसक्ने सबैलाई थाहा भएसँगै एमसीसी आएपछि ७३ अर्ब रुपैयाँ खर्च गरेर अन्तराट्रिय स्तरको ट्रान्समिसनलाईन बनाउन सकिने बताए ।
उनले ३० हजार मेगावाट बिजुली उत्पादन गरेर भारतको बजार गरेमा एक खर्च रुपैयाँको हाराहारीमा रकम जम्मा गर्न सकिने बताए । नेता कार्कीले संबिधानको रक्षा गर्न, आन्तरिक एउकता कायम गर्दै देशलाई अग्रगती दिनका लागि बिशेष परिस्थितिमा निर्माण भएको गठबन्धन तीनै तहको निर्बाचनसम्म रहने बताए । उनले मुलुकलाई राजनीतिक स्थीरता चाहिने दाबी गर्दै गर्नुपर्ने कामहरु धेरै भएका शिक्षा, सडक, खानेपानी, स्वास्थ्य सेवामा प्राथमिकताका आधारमा काम गर्दै जानुपर्ने बताए ।
उनले आफू बिजय भएको सुनसरीको क्षेत्र नम्बर ४ बाटै इन्टरनेट, मोवाईलको शक्तीसाली टावर निर्माण शुरु गर्ने र उक्त टावर निर्माणपछि पोन नबुझिने, इन्टरनेट स्लो चल्ने समस्या सदाका लागि अन्त्य हुने दाबी गरे । उनले बराहक्षेत्र नगरपालीका वडा नम्बर १ को कार्यालय निर्माणमा भूमिका खेल्ने वडाधयक्षलगायत सबैलाई धन्यबाद दिए ।