शिक्षा

शिक्षक परीक्षा केन्द्रमा शिक्षामन्त्रीको निरीक्षण


१९ चैत, काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले शिक्षक सेवा आयोगद्वारा सञ्चालित प्राथमिक तह परीक्षा केन्द्रको आज निरीक्षण गर्दै परीक्षालाई मर्यादित र विश्वसनीय बनाउन निर्देशन दिएका छन् ।

मन्त्री पौडेलले ललितपुरस्थित नमूना मच्छिन्द्र माध्यमिक विद्यालय, त्रिपद माध्यमिक विद्यालय र मदन स्मारक माध्यमिक विद्यालय केन्द्रको निरीक्षण गरेका हुन् । आयोगले लिएको परीक्षामा माध्यमिक तह परीक्षामा ३६ हजार, निमावि तहमा ८६ हजार बढी र प्राथमिक तहमा एक लाख ३५ हजार बढी परीक्षार्थी सहभागी भएको आयोगका अध्यक्ष मधुप्रसाद रेग्मीले जानकारी दिए।