साहित्य

प्रलेस अध्यक्षमा मधुसूदन


२६ चैत, काठमाण्डौ । प्रगतिशील लेखक सङ्घको १२औँ राष्ट्रिय सम्मेलनले डा. मधुसूदन गिरीको अध्यक्षतामा ४५ सदस्यीय केन्द्रीय कमिटी निर्वाचित गरेको छ ।

कमिटीको उपाध्यक्षमा समीर सिंह र नमूना शर्मा, महासचिवमा डा. देवी दुलाल, उपमहासचिवमा बालमुकुन्द कार्की, सचिवमा दलबहादुर गुरुङ र गिरीप्रसाद बुढा तथा कोषाध्यक्षमा बाबा बस्नेत चयन भएका छन । सम्मेलनले ४६ सदस्यीय परिषद् सदस्य चयन गरेको छ ।

निर्वाचित पदाधिकारीलाई निवर्तमान अध्यक्ष डा. जीवेन्द्रदेव गिरीले कार्यभार हस्तान्तरण गरे भने निर्वाचन समितिका संयोजक हरिप्रसाद भण्डारीले सपथ दिलाए ।