समाचार

शिवम् सिमेन्टका संचालक अध्यक्ष डा. कुमार गोयल MAN को कार्यकारी वोर्ड सदस्यमा निर्वाचित


२८ चैत, काठमाडौँ । हिजो सम्पन्न भएको नेपाल व्यवस्थापन संंघ, नेपाल Management Association of Nepal को ४१ औं बार्षिक साधारण सभामा भएको निर्वाचनबाट यस शिवम् सिमेन्ट्स लिमिटेडका संचालक अध्यक्ष डा. सुरेन्द्र कुमार गोयल संस्थागत समूह तर्फको प्रतिनिधित्व गर्दै MAN को कार्यकारी वोर्डको सदस्य पदमा निर्वाचित भएका छन् । उक्त पदमा शिवम् सिमेन्ट दोस्रो पटक निर्वाचित भएको हो । यस अघि सन २०२० मा भएको निर्वाचनमा समेत शिवम् सिमेन्ट संस्थागत समूह तर्फको प्रतिनिधित्व गर्दै नेपाल व्यवस्थापन संघको कार्यकारी वोर्डको सदस्य पदमा निर्वाचित भएको थियो ।