समाचार

नेपाली जनता र नव नेपाल डेमोक्रेटिक विच पाटी एकिकरण


३० चेत, काठमाण्डौैँ । नेपाली जनता दल र नव नेपाल डेमोक्रेटिक पाटी विच पाटी एकिकरण भएको छ ।

मंगलबार एक कार्यक्रमका विच नेपाली जनता दल र नव नेपाल डेमोक्रेटिक पाटी पाटी एकिकरण भएको हो ।

काठमाण्डौँमा आयोजित कार्यक्रममा नेपाली जनता दलका अध्यक्ष हरिचरण शाह र नव नेपाल डेमोक्रेटिक पाटीका अध्यक्ष अनुप पहाडीले पार्टी एकिकरण पत्रमा हस्ताक्षर गरेर पार्टी एकिरण भएको घोषणा गरेका हुन ।

दुवै पार्टीले विभिन्न सम्वादपछि एकताको अवस्थामा पुगेको जनाएका छन ।

दुवै पार्टीविच राष्ट्रिय मुद्दा र विकास बारे समानता रहेको जनाउँदै हरिचरण शाह राष्ट्रिय अध्यक्ष र अनुप पहाडी संघिय परिषद् अध्यक्ष रहने गरि पार्टी एकिरण भएको घोषणा पत्रकार सम्मेलनको आयोजना गरि जानकारी दिएका छन ।

जनयुद्ध जनआन्दोलन लगायतबाट प्राप्त गणतन्त्रको उपलब्धी रक्षा गर्दै समाजवादी क्रान्तिको यात्रामा स्पष्ट र दृढमत रहेको जनाएका छन ।

विगतका प्रतिगामी कदमको सामना गरेर अघि बढ्ने सहमती गरेका छन । पार्टी एकता घोषणा पत्रमा नेपाली जनता दलका अध्यक्ष हरिचरण शाह र नव नेपाल डेमोक्रेटिक पाटीका अध्यक्ष अनुप पहाडीले पार्टी एकिकरण पत्रमा संयुक्त रुपमा हस्ताक्षर गर्दै संगठनका बाँकी कार्यभार पुरा गर्ने र देशलाई समानता न्यायको बाटोमा डो¥याउने प्रतिबद्धता जाहेर गरिएको छ ।