साहित्य

‘शाश्वत आकृति’ सार्वजनिक

२ वैशाख, काठमण्डौ । कवि राधा कार्कीको ‘शाश्वत आकृति’ कविता सङ्ग्र सार्वजनिक भएको छ । नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेती, उपकुलपति डा जगमान गुरुङ, सदस्य सचिव प्रा जगत्प्रसाद उपाध्यायलगायतले बिहीबार सो पुस्तक सार्वजनिक गरेका छन । कुलपति उप्रेतीले कवि राधा लगनशील स्रष्टा भएको बताए । कुलपति उप्रेतीले राधाका कविताहरू विषयवस्तु, शिल्प र शैलीका हिसाबले सुन्दर भएको उल्लेख बताए ।

सदस्य सचिव प्रा उपाध्यायले जीवन र जगत्का विविधि पक्षलाई विषय बनाएर लेखिएका राधाका कविताहरूले समाजलाई सकारात्मक सन्देश दिने बताए । राधाका यसअघि लघुकथासङ्ग्रह ‘संवाहक’, बालकथासङ्ग्रह ‘पप्पी र पट्टु’ प्रकाशित छन् । मकालु प्रकाशन गृहबाट प्रकाशित ‘शाश्वत आकृति’मा ५२ कविता समाविष्ट छन् ।