कर्णाली प्रदेश

ताम्ती गाउँ सडक सञ्जालमा जोडियो

११ वैशाख, खलङ्गा । जुम्लाको विकट मानिने तातोपानी गाउँपालिका भेरिखोलाको ताम्ती गाउँ सडक सञ्जालमा जोडिएको छ । जिल्लाकै दुर्गम ताम्ती सडक सञ्जालमा जोडिएसँगै स्थानीय हर्षित भएका छन् । सडक नहुँदा स्टेचरमा बिरामी बोक्नुपर्ने बाध्यता थियो, कैयौँको बाटोमै ज्यान गयो, अव सुखका दिन आउनेछन् । पिठ्यूँमा भारी बोकेर उकालोमा यात्रा गर्नुपर्ने दिन अब हटेको स्थानीयवासी अर्जुन रावतले बताए । ताम्तीबासीको गाउँमै मोटर हेर्ने चाहाना पूरा भएको छ । अव कोही सुत्केरी आमा, शिशु र बिरामीले ज्यान गुमाउने छैनन् । उक्त गाउँ भेरिखोलाको अन्न भण्डारका रुपमा चिनिन्छ । झण्डै तीन सय घरधुरी रहेको ताम्ती भेरिखोला क्षेत्रकै सबैभन्दा ठूलो गाउँ पनि हो । ”

सिमी, आलु, फापर, मकै, गहुँ, जौँ प्रशस्त फल्ने यो गाउँमा आफ्ना कृषिजन्य उत्पादन बजारसम्म लैजान सहज हुने अपेक्षा गरिएको स्थानीयवासी वीरजीते रावतले बताए ।