राजनीति

महानगरमा कांग्रेसका मेयर उम्मेदवार: सिंह, महर्जन र कोइराला


१२ वैशाख, काठमाडौँ । नेपाली कांग्रेसले तीन वाटै महानगरपालिकामा मेयर पदको उम्मेदवार टुंगो लगाएको छ । कांग्रेसले क्रमश: काठमाडौँको मेयरमा सिर्जना सिंह, ललितपुरमा चिरिबाबु महर्जन र विरटनगरमा गणेश कोइरालालाई उम्मेदवार बनाउने निर्णय गरेका हो ।
हिजो बसेको संसदीय समितिको वैठकमा उम्मेदवार छनौट गर्ने जिम्मा सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवालाई दिइएको थियो । अन्य नेताहरु मेयर पदको उम्मेदवार कसलाई बनाउने हो भन्ने विषयमा ढुक्का थिए । प्रधानमन्त्री देउवाले नेताहरुको सल्लाहमा आज बिहान उम्मेदवार टुंगो लगाएका हुन् । काठमाडौँमा सिंहलाई उम्मेदवार बनाउन सबै नेताहरु सहमति भए ।

ललितपुरमा भने कांग्रेसले पुन: महर्जनलाई नै मेयर उम्मेदवार बनाउने निर्णय गरेको हो । उनि यसअघि पनि मेयर नै थिए ।
विरटनगरको मेयर पदको उम्मेदवार कसलाई बनाउने हो भन्ने सन्दर्भमा नेताहरुबीच विवाद थियो । अनन्त: सभापति देउवाले मेयर पदको टिकट कोइरालालाई दिएका हुन् । मेयर उम्मेदवार बनेका कोइराला पार्टी मोरङ उपसभापति हुन् ।