कर्णाली प्रदेश

हुम्लामा ९३६ जनाले उम्मेदवारी दर्ता गराए

१३ वैशाख, हुम्ला । हुम्लामा ९३६ उम्मेदवारले मनोनयन दर्ता गराएको प्रमुख निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

कार्यालयद्वारा आज आयोजित पत्रकार सम्मेलनमा जिल्लाको सात स्थानीय तहको अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष, महिला, दलित महिला सदस्य गरी कूल ९३६ जनाले मनोनयन दर्ता गराएको प्रमुख निर्वाचन अधिकृत जगतबहादुर पौडेलले जानकारी दिए ।

कार्यालयका अनुसार अदानचुली गाउँपालिकामा अध्यक्षमा चार, उपाध्यक्षमा ६, वडाध्यक्षमा २०, सदस्यहरुमध्ये महिलातर्फ २४, दलित महिलातर्फ १९ र अन्य ३७ गरी कूल १०४ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

त्यस्तै खार्पुनाथ गाउँपालिकामा अध्यक्षमा चार, उपाध्यक्ष ९, वडाध्यक्ष २२, सदस्यहरुमा महिलातर्फ १७, दलित महिलातर्फ १५ र अन्यतर्फ ४१ गरी कूल १०८, चङ्खेली गाउँपालिकामा अध्यक्ष ५, उपाध्यक्ष चार, वडाध्यक्ष ४१ र सखस्यहरुमा महिलातर्फ ३४, दलित महिलातर्फ २० र अन्य ७२ गरी कूल १७६, ताँजाकोट गाउँपालिकामा अध्यक्ष आठ, उपाध्यक्ष आठ, वडाध्यक्ष ३१, सदस्यहरुमा महिलातर्फ २३, दलित महिलातर्फ १० र अन्य ३३ गरी कूल ११३ जनाले उम्मेदवारी दर्ता गराएको प्रमुख निर्वाचन अधिकृत पौडेलले जानकारी दिए।

उनका अनुसार, नाम्खा गाउँपालिकामा अध्यक्ष चार, उपाध्यक्ष पाँच, वडाध्यक्ष २६, सदस्यहरुमा महिलातर्फ १६ र अन्य ३२ गरी कूल ८३, सर्केगाड गाउँपालिकामा अध्यक्ष ६, उपाध्यक्ष सात, वडाध्यक्ष ६०, सदस्यहरुमा महिलातर्फ ३७, दलित महिलातर्फ २६ र अन्य ८९ गरी कूल २२५ तथा सिमकोट गाउँपालिकामा अध्यक्ष ६, उपाध्यक्ष ६, वडाध्यक्ष ३०, सदस्यहरुमा महिलातर्फ २२, दलित महिलातर्फ १९ र अन्य ४६ गरी कूल १२७ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

निर्वाचनलाई स्वच्छ, स्वतन्त्र र शान्तिपूर्ण रुपमा सम्पन्न गराउनका लागि जिल्लामा नेपाल प्रहरीतर्फ ६८४ र सशस्त्र प्रहरीतर्फ २३० सुरक्षाकर्मीलाई खटाइएको प्रमुख निर्वाचन अधिकृत पौडेलले जानकारी दिए ।