समाचार

एमाले उम्मेदवार माथि बृद्धभत्ता हिनामिना गरेको आरोप

२१ वैशाख, काठमाडौँ । काठमाडौं महानगरपालिका वडा नं. ४ का वडा अध्यक्षका उम्मेदवार दिनेश महर्जनसहित वडा अधयक्ष मोहनबहादुर विष्ट र वडा सदस्य धुर्व त्रिपाठी विरुद्ध वृद्धभक्ता हिनामिना गरेको आरोपमा छानविन हुने भएको छ । चिजमाया लिम्बुको १२ हजार भत्ता सम्बन्धीत व्यक्तिलाई नदिई हिनामिना गरेको आरोप उनीहरु माथि लागेको छ । वृद्ध भत्ता हिनामिना गरेको भन्दै अख्तियारमा उजुरी गरेका छन् । महान्याधिवक्ताको कार्यालयले यस विषयमा अनुसन्धान गर्न नेपाल प्रहरीका नाममा आदेश जारी गरेको छ । तर प्रहरीले उनीहरु माथि कारबाही प्रक्रिया अगाडी नबढाएको पीडितहरुको गुनासो छ ।
महान्यायाधिवक्ताको निर्देशनको तिन महिना भित्र अदालतको अनुमति लिएर पक्राउ पुर्जि जारी गरी अनुसन्धान गर्नु पर्ने कानुनी व्यवस्था भएपनि महानगरिय वृत्त महाराजगञ्जले बेवास्था गरेको कारण अनुसन्धान हुन सकेको छैन् ।