राजनीति

कांग्रेस वरिष्ठ नेता पौडेलद्वारा सत्यवती मावि मतदान केन्द्रबाट मतदान

३० वैशाख, दमौली । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले स्थानीय तह निर्वाचन अन्तर्गत तनहुँको व्यास नगरपालिका–२ स्थित सत्यवती मावि मतदान केन्द्रबाट मतदान गरेका छन ।

 मतदान पछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले  सङ्घीयताबाट नै देशको विकास र उन्नति सम्भव रहेको बताए  । उनले भने“सङ्घीयता विकासका लागि फलदायी भएको छ । 

 स्थानीय तहले विकासको खाका कोरेको छ, सङ्घीयता सफल हुँदैछ र सङ्घीयताबाट देशको विकास र उन्नति सम्भव छ । ” वरिष्ठ नेता पौडेलले नेपालको चौतर्फी विकासका लागि स्थानीय तहले सहयोग पुग्ने धारणा राखे ।