३० वैशाख, राजविराज । पूर्व निर्वाचन आयुक्त डा अयोधिप्रसाद यादवले राजविराज नगरपालिका– २ स्थित राप्रवि राजदेवी मतदान केन्द्रमा मतदान गरेका छन् । उनले स्थानीय तह निर्वाचनअन्तर्गत आज बिहान उक्त मतदानस्थलको ‘क’ मतदान केन्द्रमा मतदान गरेका हुन् ।
मतदानपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले पाँच वर्षपछि आफ्नो ठाउँको प्रतिनिधि चयन गर्न पाउँदा आफूलाई गर्व महसुस भएको बताए । आम मतदातालाई उत्साहपूर्वक मतदानमा भाग लिन उनले आग्रहसमेत गरेका छन्।
यादवले मतदान गर्नुअघि मतदानस्थलको अवलोकनसमेत गरेका थिए ।





