राजनीति

निर्वाचन परिणामले गठबन्धनको एकतामा असर पार्दैन : डा कोइराला


३० वैशाख, मोरङ । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले स्थानीय तहको निर्वाचनको परिणामले गठबन्धन दलहरुको एकतामा कुनै असर नपार्ने बताएका छन् । आदर्श मावि मतदान केन्द्रमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उनले निर्वाचन परिणाम जस्तोसुकै आएपनि गठबन्धन दलहरुको बीचको एकता नटुटने उनले प्रष्ट पारे ।

नेता कोइरालाले निर्वाचन परिणामपछि गठबन्धनदलहरुबीच समीक्षा गरी सोही अनुसार पार्टी अगाडि बढ्ने धारणा व्यक्त गरे । अहिलेको निर्वाचन नगर र ग्रामीण क्षेत्रको विकासका लागि भएकाले यसलाई दलहरुले प्रतिष्ठाको विषय बनाउन नहुने बताउँदै नेता कोइरालाले सङ्घ र प्रदेशको निर्वाचन राजनीतिक महत्वको हुने भए पनि पालिका निर्वाचन विशुद्ध विकास निर्माणकार्यमा केन्द्रित हुने उल्लेख गरे।