प्रदेश 1

मोरङमा ११३ वर्षीया अधिकारीद्वारा मतदान


३० वैशाख, मोरङ । मोरङको सुन्दरहरैंचा नगरपालिका–७ को ११३ वर्षीया ज्येष्ठ नागरिक महेश्वरा अधिकारीले आज मतदान गरेकी छन् ।

अधिकारीले पञ्चायत माविमा रहेको मतदानमा मतदान गरेका निर्वाचन अधिकृत माधव भण्डारीले जानकारी दिए । अधिकारीले परिवारका सदस्यको सहयोगमा मतदानस्थल पुगी मतदान गरेकी हुन् ।

उक्त नगरमा मतदानकार्य शान्तिपूर्वक वातावरणमा सञ्चालन भइरहेको भण्डारीले बताए । नगरमा ७१ हजार ७५६ मतदाता रहेका छन् ।