प्रदेश 1

१११ वर्षीय वृद्धाद्वारा मतदान


३० वैशाख, मङ्गलबारे । इलाम जिल्लाको सूर्योदय नगरपालिका–१४ बतासेस्थित सरस्वती माध्यमिक विद्यालयमा रहेको मतदान केन्द्रमा १११ वर्षीया जेष्ठ नागरिक विष्णुमाया अधिकारीले मतदान गरेकी छन् ।

उत्तिकै उत्साहका साथ यस पटक उनले आठौँ पटक मतदान गर्न पाउँदा स्थानीय तहको भविष्य कोर्ने भएकाले आफूले चाहेको उम्मेदवारलाई मतदान गरेको बताइन् ।

उक्त केन्द्रमा कूल तीन हजार ३९ मतदातामध्ये एक हजार ४४२ महिला र एक हजार ५९७ पुरुष मतदाता रहेको बताइएको छ ।