साहित्य

दधिराज सुवेदी पुरस्कार प्रतिष्ठानद्वारा दुई स्रष्टा पुरस्कृत


१ जेठ, विराटनगर । दधिराज सुवेदी पुरस्कार प्रतिष्ठानद्वारा आज यहाँ आयोजित पुरस्कार तथा सम्मान समर्पण समारोहमा भाषा, साहित्य र पत्रकारिता क्षेत्रका दुई स्रष्टा पुरस्कृत भएका छन् ।

भाषा र साहित्य क्षेत्रमा रु ५१ हजार राशिबाट पुरस्कृत हुने प्राडा चुडामणि बन्धु हुन् भने पत्रकारिता क्षेत्रबाट रु २५ हजार राशिबाट पुरस्कृत हुने पत्रकार भुषण दाहाल हुन् ।

भाषा, साहित्य र सामाजिक क्षेत्रमा अहोरात्र योगदान दिने प्राज्ञः दधिराज सुवेदीको सुपुत्र पत्रकार शरदराज सुवेदी र अर्का छोरा रुपेश सुवेदीले संयुक्त रुपमा रु १५ लाखको अक्षय कोष स्थापना गरी बर्सेनि पुरस्कार वितरण गर्दै आएको प्रतिष्ठानका अध्यक्ष विवश पोखरेलले जानकारी दिए ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले पुरस्कृत स्रष्टालाई पुरस्कार तथा सम्मानपत्र प्रदान गर्दै नेपाली समाजलाई रुपान्तरण गर्न भाषा, साहित्य र पत्रकारिता क्षेत्रको महत्वपूर्ण योगदान रहेको बताए। उनले भाषा, साहित्य, कला र पत्रकारिताविनाको समाज निरश हुने भएकाले समाजलाई सौन्दर्य बनाउन यस क्षेत्रको योगदान सराहनीय रहेको उल्लेख गरे।

कार्यक्रममा नेकपा (एकीकृत समाजवादी)का केन्द्रीय सदस्य महेश रेग्मी, पुरस्कृत स्रष्टाद्वय प्राडा चुडमाणि दाहाल र पत्रकार भुषण दाहालले भाषा साहित्यको महत्वबारे प्रकाश पारे।