३ जेठ, मङ्गलबारे । इलामको चुलाचुली गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका राजेन्द्र केरुङ विजयी भएका छन् ।
नेकपा एमालेका ओम नारायण खनाललाई दुई हजार ८९५ मतान्तरले पछि पार्दै उनी गाउँपालिकाका अध्यक्षमा निर्वाचित भएका हुन् । केरुङले छ हजार ६५० मत ल्याएका छन् भने उनका निकटतम् प्रतिद्वन्द्वी खनालले तीन हजार ७५५ मत ल्याएका छन् । यसैगरी नेकपा (एकीकृत समाजवादी) का नारायण लावतीले ५०५ मत ल्याएका छन् ।
त्यस्तै गाउँपलिकाको उपाध्यक्षमा नेकपा एमालेका दिलकुमारी लिम्बू (लावती)ले चार हजार ४५० मत ल्याएर विजयी भएकी छिन् । उनको निकटतम् प्रतिद्वन्द्वी नेकपा (माओवादी केन्द्र) का सुकबहादुर लावतीले तीन हजार ४४२ मत ल्याएका हुन् ।
सो गाउँपालिकामा कूल १८ हजार ५८० मतदातामध्ये १२ हजार ८९४ मत खसेको थियो ।





