कर्णाली प्रदेश

नाम्खामा गठबन्धनको जित

३ जेठ, सिमकोट । हुम्लाको नाम्खा गाउँपालिका अध्यक्षमा गठबन्धनको तर्फबाट नेकपा (माओवादी केन्द्र)का प्रेम लामाले जित हासिल गरेका छन । उपाध्यक्षमा नेपाली कांग्रेसका तकदिर लामा विजयी भएका छन ।

अध्यक्षमा लामाले एक हजार ४६६ मतकासाथ विजयी भएका हुन भने उनका प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार सूर्य लामाले ६६२ मत प्राप्त गरे । त्यसैगरी उपाध्यक्षमा लामाले एक हजार ९४ मत प्राप्त गरे भने उनका प्रतिस्पर्धी लाक्पानुर्बु लामाले ५६५ मत ल्याए ।

तीन हजार १८२ मत रहेको नाम्खामा दुई हजार ३७१ मत खसेको थियो ।