कर्णाली प्रदेश

आठबीसकोटमा माओवादी केन्द्र विजयी

४ जेठ, जाजरकोट । रुकुम पश्चिमको आठबीसकोट नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेकपा (माओवादी केन्द्र) विजयी भएको छ ।

नगरप्रमुखमा रवि केसी र उपप्रमुखमा धनकुमारी शाही विजयी भएका छन । केसीले सात हजार ३९९ मत प्राप्त गरी निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका धीरेन्द्र बटालालाई पराजित गरेका छन । बटालाले ६ हजार ६१५ मत पाए । सो नगरपालिकामा कांग्रेस र एमालेबीच चुनावी  गठबन्धन भएको थियो ।  

उपप्रमुखमा विजयी शाहीले सात हजार २६५ मत तथा उनका निकटतम प्रतिद्वन्द्वी दिनेश चन्दले ६ हजार २६८ मत प्राप्त गरे ।