प्रदेश 1

भद्रपुरको प्रमुखमा कांग्रेस, उपप्रमुखमा राप्रपा विजयी


५ जेठ, झापा । भद्रपुर नगरपालिकाको नगर प्रमुखमा नेपाली कांग्रेसका गणेश पोखरेल र उपप्रमुखमा राष्ट्रिय प्रजातन्त्र पार्टीकी राधा कार्की विजयी भएका छन् ।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार पोखरेलले १२ हजार ५२५ मत प्राप्त गरे भने उनका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का असारु राजवंशीले नौ हजार ७५९ मत ल्याएका छन् । राप्रपाका नवराज पनेरुले ६ हजार ३१० मत प्राप्त गरे ।

उपप्रमुखमा राप्रपाकी कार्की नौ हजार २३० मत प्राप्त गरी विजयी भएकी छिन् । उनका निकटम प्रतिस्पर्धी माओवादी केन्द्रका शिवकुमार राजभण्डारीले आठ हजार ५३३ मत प्राप्त गरेका छन् । भद्रपुरमा कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजबादीबीच चुनावी गठबन्धन भएको थियो ।