प्रदेश 1

सुनसरीको बर्जु गाउँपालिकामा एमाले विजयी


६ जेठ, विराटनगर । सुनसरीको बर्जु गाउँपालिकामा नेकपा (एमाले) वियी भएको छ । अध्यक्ष पदमा एमालेका जिवछकुमार राय सात हजार ८६१ मत प्राप्त गरी विजयी भएका छन् ।

उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका रघुनन्दन चौधरीले सात हजार ४७४ मत प्राप्त गरेका छन् । उपाध्यक्षमा एमालेकै नितुकुमारी चौधरी आठ हजार ४७४ मत प्राप्त गरी विजयीे भएकी छिन् । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी सङ्गीताकुमारी रायले सात हजार २९९ मत प्राप्त गरेकी छिन् ।

छ वडा रहेको बर्जुमा पाँचमा एमाले र एउटामा कांग्रेस विजयी भएको छ ।