आर्थिक

बैंक अफ काठमाण्डू र फील गुड बार एण्ड ग्रिल बिच सम्झौता


७ जेठ, काठमाडौैैैैँ । बैंक अफ काठमाण्डू लिमिटेड र फील गुड बार एण्ड ग्रिल बिच बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड बाट एइक् तथा मोबाइल बैंकिङ्ग बाट क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्दा बैंकको ग्राहकहरुलाई १० प्रतिशत सम्मको विशेष छुट उपलब्ध गराउने सम्झौता भएको छ । उक्त छुटको उपयोग गर्नको लागि ग्राहकहरुले बैंकको कार्ड तथा मोबाइल बैंकिङ्गको प्रयोग गरी भुक्तानी गर्नुपर्नेछ । फील गुड बार एण्ड गिल्लले एयरपोर्ट मोड, बिराटनगरबाट सेवाग्राहीहरुलाई गुणस्तरीय सेवा प्रदान गर्दै आईरहेको छ ।

हालसम्म बैंक अफ काठमाण्डू लिमिटेडले ९७ शाखा कार्यालयहरु, ९३ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहक महानुभावहरुलाई उत्कृष्ट बैंकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको छ ।