आर्थिक

हिमालयन बैंक र नबिल इन्भेष्टमेन्ट बैंकिंग बिच सम्झौता


१२ जेठ, काठमाडौँ । हिमालयन बैंक लिमिटेडको रु.१ हजार अंकित दरको २५ लाख कित्ताले हुन आउने रु.२ अर्ब पचास करोड रकम बराबरको १०.५० प्रतिशत हिमालयन बैंक लिमिटेड बण्ड २०८६ जारी गर्न नबिल इन्भेष्टमेन्ट बैंकिंग लिमिटेडलाई बिक्री प्रबन्धकको रुपमा नियुक्त गरेको छ । उक्त ऋणपत्रको अवधि ७ वर्ष रहेको र ब्याजदर १०.५० प्रतिशत रहेको छ ।

उक्त सम्झौता पत्रमा हिमालयन बैंक लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत अशोक सम्शेर ज.ब.रा. र नबिल इन्भेष्टमेन्ट बैंकिंग लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनिष नारायण जोशीले हस्ताक्षर गरेका छन् । प्रस्तावित ऋणपत्र नियमनकारी निकायहरुकोे स्विकृति पश्चात निश्कासन गरीनेछ ।

काठमाण्डौें, कमलादी स्थित मुख्य कार्यालय रहेका हिमालयन बैंकले देशका ७ वटै प्रदेशमा ७४ वटा शाखाहरु मार्फत कारोबार गर्दै आएको छ । यस हिमालयन बैंक लिमिटेडले उच्चस्तरीय, आधुनिक एवं नविनतम प्रविधिहरु सहितको सुरक्षित बैंकिङ्ग सेवा प्रदान गर्दै आईरहेको छ । ग्राहकहरुलाई अधिकतम प्रतिफल दिने उद्धेश्यले बैंकले मुद्दती खातामा “मासिक” रुपमा ब्याज प्रदान गर्ने बिशेष योजना समेत कार्यान्वयनमा ल्याएको छ ।