राजनीति

आफूलाई भेट्न आएका काठमाडौंका मेयर बालेनलाई प्रधानमन्त्रीले भने, ‘काम गर्नुस् हामी खुलेर सहयोग गर्छौं’


१८ जेठ, काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले काठमाडौँ महानगरपालिकाको जुनसुकै समस्या समाधानका लागि सरकारको तर्फबाट पूर्ण सहयोग रहने बताएका छन् ।

काठमाडौँ महानगरपालिकाका नवनिर्वाचित प्रमुख बालेन्द्र साहसँगको भेटका क्रममा आज प्रधानमन्त्री देउवाले महानगरको राम्रो कामका लागि आफ्नो पार्टी र सरकारको समेत पूर्ण सहयोग रहने बताएका हुन् । भेटमा प्रधानमन्त्रीले साहलाई कामपाको प्रमुखमा विजय भएकामा बधाईसमेत दिए ।     

प्रमुख साहले नेपाली कांग्रेससँग सहकार्य गरेर अघि बढ्ने बताए ।