साहित्य

म पनि मान्छे नै हुँ…


अदिता आचार्य कविता

म पनि त मान्छे हुँ, तपाईं जस्तै,
कुनै अर्कै ग्रह बाट झरेको, अर्कै प्राणी होइन !

मलाई त्यसरी नै दुख्छ, जसरी तपाईंलाई दुख्छ,
ढुङ्गाले बनेको मुटु, मेरोपनि पक्कै छैन!!
आखिर म पनि त मान्छे हुँ!!!
खुलेर रुनलाई खुलेर काध दिन कोही आएन,
रुन मन त मलाई पनि थियो, अरु मान्छेलाईजस्तै !
बरु जबर्जस्ती हास्नै ठिक लाग्यो,
जबर्जस्ती अरुको काधमा टाउको राख्न पनि त भएन!!! आखिर म पनि त मान्छे हुँ!!!
आफ्नो अनुहार ऐनामा हेर्दा, आफैलाई दया लाग्ने बन्न, मलाई पनि रहर थिएन!
तपाईं कै जस्तो बाच्ने रहर छैन,
मलाई मै जस्तो भएर बाच्न पनि त, भाग्यले अधिकार दिएन!!
आखिर म पनि त मान्छे हुँ !!!
‘म जिउदै छु’
म त्यसलाई नै सबैभन्दा ठुलो सफलता मान्छु !
घरीघरी तपाईंले सफलताका प्रश्न गर्दा,
जिउँदो हुनु नै प्रश्नचिह्न रहेछ भनेर, यसलाई एउटा अभिसाप नै ठान्छु!!!
विश्वास गर्नुस म पनि मान्छे नै हु!!!