राजनीति

दुई विधेयक दफावार छलफलका लागि समितिमा पठाइयोस् : मन्त्री खाण

७ असार, काठमाण्डौ । प्रतिनिधिसभा बैठकले ‘सामाजिक सुरक्षा (पहिलो संशोधन) विधेयक, २०७९’ र ‘तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) विधेयक, २०७९’ दफावार छलफलका लागि समितिमा पठाएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा गृहमन्त्री बालकृष्ण खाणले उक्त विधेयक दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भनी प्रस्ताव गरेका थिए। बैठकले सो प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको थियो ।