साहित्य

जापान

डा सुरेन्द्र सिटौला – कविता


म उड्दै
गोलार्धको पुर्बी क्षितिज तिर गए
जाहा सुर्य पहिले उदाउछ
धरतीले मानव मुक्तिको गीत गाउछ
त्याहा !
गजबको अनौठो परिवेश रहेछ
त्यहि परिवेशमा
ञ जापान झ भन्ने देश रहेछ
उसले मलाइ
वाहियो गोजाइमास ( नमस्ते) भन्दै
स्वागतको मिठो गीत गायो
मलाइ
आरिगातो गोजाइमास ( धन्यवाद ) भन्न सिकायो
जापानी आतिथ्यको संस्कार पढायो
अतिथि देवो भन्दै
मेरो अनि मेरो देशको
मिठो गुणगान गायो
मलाइ थाहा छैन
किन हो मेरो स्वागतार्थ
मैले हेर्दा
उ निक्कै रमायो
बिस्तारै मैले चाल पाए
अनि मलाइ लाग्यो
दुखान्त इतिहास बिर्सेर
जापान बर्तमानमा रमाउछ
हर क्षण पसिनाको आहुति दिदै
साझा तरक्किको गीत गाउछ
उ सफा छ शुद्ध छ
आफैमा बुद्ध छ
उ झट्ट हेर्दा शालिन छ
व्यबहारमा मलिन छ
कर्म युद्धमा माहिर छ
हारेर पनि जित्छ भन्ने
इतिहासकै प्रमाण जाहिर छ
बिर्सेर बिगतका कथाहरु
बर्तमानमा खुसीले ज्युन
उ माहिर छ
गजबको शुद्ध छ देश
त्याहा भ्रष्टाचारका सिनो हरु
कहि कतै गन्हाउदैनन
सिनो लुछा चुडि गर्न
हुडार र स्यालहरु आउदैनन
त्यहा कहि कसैले
भ्रष्टाचारीको जय जयकार गाउदैनन
राष्ट्रिय ढिकुटीमा
लुटको उत्सव मनाउदैनन
जापान शान्त छ
देश बचाउने बहानामा
उ आफ्नै नागरिक हरुलाइ
बिदेशी मरुभूमिमा पठाउदैन
उ आफैमा पुर्ण छ
अनि आफै भित्र सम्पुर्ण छ
त्यो पुर्ण देशमा
म अपुर्ण अतिथि !
सम्झेर आफैलाइ (घर ज्वाइ) जस्तो
म पल पलमा बिह्वल हुन्थे
सम्झेर आफ्नै देशको बेथिति
(सायोनारा)
टोकियो