मनोरञ्जन

गायिका एलिना चौहानको स्वरमा ‘आइफोन हरायो’ तीज गीत सार्वजनिक

५ साउन, काठमाडौं । तीज गीत ‘आइफोन हरायो’ बुधवार सार्वजनिक गरिएको छ ।

संंगीतकार लक्षमण पोखरेलको संगीत र चर्चित गायिका एलिना चौहानको स्वर रहेको गीतमा गीतकार नारायण रेग्मीको शब्द रहेको छ भने अर्जुन नेपालीको एरेन्ज रहेको छ ।

भिडिओमा बिना राउतले अभिनय गरेकी छन्। मानोज डङ्गोलको मिक्सिङ रहेको छ भने रेकर्डडिस्टमा जिवन बडू छन् ।

भिडिओ प्रकाश कडेलको निर्देशनमा खिचिएको छ ।