साहित्य

साहित्य कला सङ्गमको अध्यक्षमा न्यौपाने

७ साउन, दमक । साहित्य, कला र संस्कृतिको क्षेत्रमा लामो समयदेखि क्रियाशील संस्था साहित्य कला सङ्गम दमकको अध्यक्षमा विष्णुप्रसाद न्यौपानेको निर्वाचित भएका छन् ।

आज यहाँ सम्पन्न १९औँ साधारणसभाले न्यौपानेको अध्यक्षतामा गठित १३ सदस्यीय निर्वाचित कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा विन्दु दाहाल (मुकदर्शक), उपाध्यक्षद्धयमा यादवप्रसाद अधिकारी, दुर्गा खनाल (काफ्ले), महासचिवमा दीपक सुवेदी, सचिवमा बलिभद्र कोइराला, सहसचिवमा हरि पराजुली र कोषाध्यक्षमा ओमप्रसाद खनाल चुनिए । यसैगरी सदस्यहरूमा डा. लेखनाथ न्यौपाने, गङ्गादेवी चापागाईँ, वीरेन्द्र खड्का, गोपाल दाहाल, ओमप्रकाश गौतमलगायत चुनिए ।

दमक प्रज्ञा प्रतिष्ठानका कार्यवाहक अध्यक्ष जीवन गुरुङको प्रमुख आतिथ्यतामा भएको साधारणसभाको उद्घाटनमा संस्थाका सल्लाहकार कुलप्रसाद ढकाल, प्रा. डा. गोपाल भण्डारी, कमलप्रसाद वस्ती, प्रतिभा निकेतनका अध्यक्ष मेघराज तिम्सिना, जीवन स्मृति प्रतिष्ठानका अध्यक्ष भूमिप्रसाद दाहाललगायतले शुभकामना मन्तव्य राखेका थिए ।