प्रदेश 1

धरानेको समस्या समाधान सबै धराने मिलेर आफैं गरौं : नेता बिश्वकर्मा

१९ सावन, काठमाडौ । नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य मीन बिश्वकर्माले धरानेको समस्या धराने मिलेर समाधान गर्नुपर्ने बताएका छन् ! उनलेे बराह सहकारी विवादका विषयमा आफ्नो धारणा सार्वजनिक गर्दै उक्त कुरा बताएका हुन् ! उनले स्टाटस लेख्दै भनेका छन: आदरणीय धरानबासी दिदिबहिनी तथा दाजुभाईहरु ! केही बोल्नै पर्ने भएर यो स्टाटस लेख्दैछु ! धैर्य गरेर पढिदिनु होला !

बराह बचत तथा ऋण सहकारी सस्था, धरान सङ्ग सम्बन्धित समस्यालाई लिएर त्यसका बचतकर्ता सदस्यहरुले केही महिना देखि आन्दोलन गरिरहनु भएको अप्रत्यक्ष जानकारी मैले पनि लिईरहेकै छु !

नया ब्यबस्था अनुसार यस प्रकृतिका गतिविधि हेर्न प्रारम्भिक निकाय स्थानीय सरकार अर्थात धरान उपमहानगरपालिका नै हो ! र त्यहाँको न्यायिक समितिले समाधानको बाटो खोजेर सम्बन्धित पक्षलाई न्याय दिने प्रयाश पनि गरिरहेकै देखिन्छ !

त्यतिमात्रै पनि होइन स्वय सहकारी संचालकहरु पनि पटक पटक व्यवहार सुल्झाउने प्रतिबद्द्ता सहित सम्बन्धित पक्षहरु सङ्ग मौखिक र लिखित अपिल गरिरहनु भएको पाइन्छ !

“सहकारी भनेकै त्यसमा आबद्ध सबै मिलेर सबैको हित हुने गरि संचालन गर्ने आर्थिक सस्था हो !” तर पनि सदस्य भन्दा सन्चालकहरु कानुनत बढी जवाफदेहि हुन्छन, हुनै पर्छ !

तर समय बित्दै जादा पिडितहरुको आन्दोलनले विभिन्न किसिमका अराजक गतिबिधिको रुप लिनु र त्यस्मा पनि ब्यवसायिक सवालमा राजनैतिक दलको नाम जोड्नु मात्रै नभै सामाजिक सद्भाव बिगार्ने, जातिय बिद्वेश फैलाउने गरिका अभिव्यक्तिको जुहारी चल्नु आफैमा गम्भीर विषय बनेको छ ! जस्ले जुनसुकै दृस्टीले गरेको भए पनि यो आपत्तिजनक छ !

तसर्थ ब्यापारलाई ब्यापारकै, सहकारीलाई सहाकारिकै, राजनितिलाई राजनितिकै दृस्टीले अलग अलग गरि व्यवहार गरौ ! जाती, धर्म, लिङ्ग वा अन्य कुनै पनि सामाजिक असहिष्णुता फैलाउने र सद्भाव भड्काउने उच्छृङ्खल कार्य कसैले कतैबाट पनि नगरौ !

“समस्यामा समस्या थप्ने होइन, समस्याको जड के हो ? को हो? समाधानका उपाय के के हुन सक्छन् ? पहिचान गरौ र पिडितलाई यथाशिघ्र न्याय दिलाऔ !”

धरानेको समस्या सबै धराने मिलेर आफै गरौ ! जय नेपाल ! जय धरान !

मीन बिश्वकर्मा
प्रतिनिधि सभा सदस्य