साहित्य

शक्ति पुरस्कार साहित्यकार विकल्पलाई

२४ साउन, बागलुङ । रणस्मृति पुरस्कार संस्था बागलुङले वि.सं २०७८ को ‘शक्ति पुरस्कार’ पर्वतका साहित्यकार इन्द्रकुमार ‘विकल्प’लाई प्रदान गर्ने भएको छ । सोमबार बसेको पुरस्कार छनोट समितिको बैठकले सो निर्णय गरेको संस्थाका अध्यक्ष काजी रोशनले जानकारी दिए ।

रु आठ हजार राशिसहितको उक्त पुरस्कार आउँदो भदौ ३ गते कृष्णाष्टमीका दिन आयोजना हुने समारोहमा समर्पण गरिने सो संस्थाले जनाएको छ । नेपाली भाषा, साहित्यको उन्नयनमा पु¥याएको योगदानबापत साहित्यकार विकल्पलाई पुरस्कृत गर्न लागिएको हो ।

पर्वत साहित्य सङ्गमका संस्थापक अध्यक्ष विकल्पका कविता सङ्ग्रह ‘सम्झनाका डोबहरु’, मुक्तक सङ्ग्रह ‘भुल्काहरु’, लघुकथा सङ्ग्रह ‘सर्वदलीय घर’लगायत करिब एक दर्जन कृति प्रकाशित छन् । उनले साहित्यिक पत्रिका ‘कालीको सुसेली’को सम्पादन पनि गर्दै आएका छन् ।

यसअघि सो पुरस्कारबाट पोखराका साहित्यकार तीर्थ श्रेष्ठ, तनहुँका अनिल श्रेष्ठ, भैरहवाका बालकृष्ण भट्टराई र स्याङ्जाका विश्वप्रेम अधिकारी पुरस्कृत भइसकेका छन् ।

वि.सं २०५० मा स्थानीय समाजसेवी शक्तिबहादुर खड्काले बुबा रणबहादुरको स्मृतिमा उक्त पुरस्कार संस्था स्थापना गरेका थिए । संस्थाले वि.सं २०७४ देखि साहित्यतर्फ पुरस्कार दिन थालेको हो ।